२०८३ बैशाख २५ , शुक्रवार

दैलेखमा ग्याँस भेटिएपछि प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

oli_HiZ56f7ZgP_0EWRyN3wXq

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेका छन्।प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गर्नुभएको छ ।

“दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध–आवाज थरिथरिका थिए”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ, “११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो ।”

यसअघि ओली नेतृत्वको सरकारले दैलेखसहितका केही पहाडी जिल्लामा पेट्रोलियम अन्वेषणका लागि चिनियाँ सहयोगमा भौगर्भिक परीक्षण सुरु गरेको थियो ।हालै सार्वजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार दैलेख क्षेत्रमा ठूलो मात्रामा प्राकृतिक ग्यास भएको पुष्टि भएको छ। विज्ञहरूले यसमा अझै विस्तृत परीक्षण आवश्यक रहेको बताएका छन्।