२०८२ फाल्गुन २४ , आइतवार

अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

CRICKET-NEPAL

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिदेशीय टी–२० आई शृंखलाको अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । दुई देशबीचको खेल ग्लासग्लोमा बेलुका ७ः४५ बजेदेखि शुरू हुनेछ ।

शृंखलामा हालसम्म नेपालले २ खेल जित्दा स्कटल्याण्डले एक खेल मात्र जितेको छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएपछि स्कटल्याण्ड नेपालसँग र नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा हार बेहोरेपनि दुई जीत निकालेको छ । नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले स्कटल्याण्डलाई हराउँदा बिहीबार नेदरल्याण्ड्सलाई हराएको थियो ।