२०८२ फाल्गुन २९ , शुक्रवार

रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले

swarim-wagle

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभाग प्रमुखहरूमा मनोनयन र जिम्मेवारी हेरफेर गरेको छ ।

सो पार्टीको सचिवालय बैठकले बुधवार नीति तथा विचार प्रमुखमा डा स्वर्णिम वाग्ले मनोनयन भएका छन् भने अभियान तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी मनिष झाले पाएका छन् ।

त्यस्तै कृषि विभाग प्रमुखको जिम्मेवारी चितवनका राजन गौतमले पाएका छन् । यसअघि पार्टी उपसभापति समेत रहेका वाग्ले अर्थ विभाग प्रमुख रहेका थिए ।

रास्वपाले ऊर्जा तथा जलस्रोत विभागको संयोजकमा श्रीराम न्यौपानेलाई मनोनीत गरेको छ ।