
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सरकारले आगामी आर्थिक बर्षको बजेट बक्तब्य मार्फत घोषणा गरेको विलासिता कर आगामी साउन १ अगाडि नलाग्ने प्रष्ट पारेको छ ।
ब्यवसायीहरुवीच भ्रम सिर्जना गरी आतंक फैलाउन केही ब्यक्तिहरु लागि परेकोे र असार १ देखि नै यो लागु भैसकेको भन्दै गलत र भ्रामक सूचना फैलाइएको भन्दै महासंघले त्यसप्रति गंभिर ध्यानाकर्ष भएको जनाएको छ ।
महासंघले विहिबार आफ्ना सदस्य संघहरुलाई एक पत्र पठाउँदै साउन १ अघि विलासिता कर नलाग्ने भएकोले ढुक्क भएर आफ्नो ब्यवसाय गर्न भनेको छ । साथै त्यतिञ्जेलसम्म माग पुार नभए पुनः आन्दोलन गर्ने घोषणा महासंघको बुधबार काठमाडौमा सम्पन्न राष्ट्रिय भेलाले गरिसकेको छ ।

महासंघले पठाएको पत्र जस्ताको तस्तैः
