२०८३ बैशाख २२ , मंगलबार

डर…

Santosh K P

सन्तोष कुमार पोखरेल-

एउटा डर थियो आकाश खस्ला कि भन्ने
कोही मुण्टो लुकाउँदै थिए तकियामुनि
आकाश त खसेछ,
सबै निथ्रुक्क भिजेछन्।

सबैका निधारमा चिट्चिट् पसिना आएका थिए
मुटु जोर जोरले बजिरहेको थियो
हिजो दिनभरि पसिनाले निथ्रुक्क रुझेका मान्छेहरू
अहिले फेरि भिजेका थिए।

सुर्योदय भयो,
मान्छे हस्याङ् फस्याङ् गर्दै ब्यूँझे
सबैका छाती जोर जोरले बजिरहेका थिए ।

आज पनि हतार हतार गरेर कामतिर लागे
कर्मवीरहरू।

( मार्च २७,२०२५,  पूर्वी नेपाल)