२०८२ फाल्गुन २४ , आइतवार

मनाइयो पनौती जात्रा [फोटोफिचर]

Photo-7-1-1

सुनाखरी न्युज/ काठमाडौं ।

काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा १४२१ वर्षदेखि मनाइँदै आइएको पनौती जात्रा ( ज्या पुन्ही )  हिलेजात्रा सम्पन्न भएको छ।
यो जात्रा पनौतीको विशेष जात्रा भएकै कारणले यसलाई पनौती जात्रा पनि भनिने गरिएको छ । पनौती जात्राको समयमा पनौतीका मानिसहरू खेतको काममा व्यस्त रहने भएकाले यस जात्रालाई स्थानीय नेपाल भाषामा ज्यापुन्ही जात्रा भन्ने गरिएको हो।

परम्पराअनुसार गत सोमबार २६ गते साँझ पुण्यमाता खोलामा नागको प्रतीकका रूपमा दुईवटा बाँस तेर्स्याइने र देवगण ( दुइचा न्याकेगू)  हरू सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ। सोही राति अबेर भद्रकालीको रथ तानिन्छ भने रातभरि गैंडु पूजा ( होम गर्ने)  परम्परा छ।पनौती जात्राको समयमा पनौतीका मानिसहरू खेतको काममा व्यस्त रहने भएकाले यस जात्रालाई स्थानीय नेपाल भाषामा ज्यापुन्ही जात्रा भन्ने गरिएको हो। जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैनन् भन्ने उक्तिलाई लिएर सयौं व्यक्तिहरु आजको जात्रामा सहभागी हुन्छन् ।