२०८२ फाल्गुन २६ , मंगलबार

नागढुंगा–नौबिसे सडक भोलीदेखि जेठ ३० सम्म आंशिक बन्द

Capture-534

सुनाखरी न्युज / काठमाडौं ।

नागढुङ्गा- नौबिसे सडक खण्डमा सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले थप ५ दिन सवारी आवागमन बन्द हुने भएको छ । नागढुङ्गा- मुग्लिङ्ग सडक योजना ( पूर्वी खण्ड)  ले एक सूचना जारी गर्दै जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म दैनिक साढे चार घण्टा सडक बन्द हुने जानकारी दिएको हो।

आयोजनाले जारी गरेको सूचनामा लेखिएअनुसार जेठ २६ गतेदेखि ३० गतेसम्म बिहान साढे १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुनेछ ।

अवधिमा साना तथा मझौला गाडीहरुका लागि सीतापाइला- रामकोट- धार्के सडक र सामाखुसी- टोखा- छहरे- त्रिशूली ( विदुर)  -गल्छी सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।