२०८२ फाल्गुन २७ , बुधवार

अमेरिकाबाट थप ४० जनाभन्दा बढी नेपाली डिपोर्ट, चार्टर्ड विमानबाट आजै काठमाडौं आइपुग्ने

america-plane2025-03-05-12-11-41

सुनाखरी न्युज / काठमाडौं ।

अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज काठमाडौं आउँदैछन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको छ ।अमेरिकाले डिपोर्ट गरी चार्टर्ड विमानमार्फत उनीहरुलाई नेपाल फिर्ता पठाइसकेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागु गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् ।

यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ । अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ ।

ट्रम्पले शासन सम्हालेपछि मात्रै अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १ सय पुगेको छ । अध्यागमनका ती अधिकृतले भने, ‘आज कति जना आउँछनु, उनीहरूलाई जोड्दा डिपोर्ट हुनेको संख्या बढेर करिब डेढ सय पुग्छ ।’ जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ । डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ । दलालविरुद्ध कसैले उजुरी दिए मात्र अनुसन्धान प्रक्रिया सुरु हुने गरेको छ ।