
सुनाखरी न्युज / काठमाडौं ।
पछिल्ला दिनहरूमा फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, व्हाट्सएप, भाइबरजस्ता प्लेटफर्म लगायतका डिजिटल वालेट प्रयोगकर्ताहरूलाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने गतिविधि तीव्र भइरहेको सीआईबीले जनाएको छ। सीआईबीका अनुसार ठगहरूले बैंकका प्रतिनिधि बनेर फोन गर्ने, गोप्य जानकारी माग्ने, सामाजिक सञ्जालमा नक्कली लिङ्क पठाउने, र क्यूआर कोडमार्फत पैसा निकाल्ने जस्ता तरिकाबाट सर्वसाधारणलाई धोका दिइरहेका छन्।
मेक्सिकोमा डेटिङ एपमार्फत अपहरणका घटनाहरू बढेपछि अमेरिकी सरकारले आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको छ । पछिल्ला महिनाहरूमा मेक्सिकोको पुएर्तो भायार्ता र नुएभो नायरित क्षेत्रमा अमेरिकन नागरिकहरू डेटिङ एपमार्फत भेटिएका व्यक्तिमार्फत अपहरणमा परेका पुष्टि भएपछि यस्तो चेतावनी जारी गरिएको हो । सुरक्षा चेतावनीमा उल्लेख गरिएको छ कि अपहरणपछि पीडित तथा उनीहरूको परिवारलाई ठूलो रकम फिरौती स्वरूप तिर्न बाध्य पारिएको छ ।
पिउ रिसर्च सेन्टरको तथ्याङ्कअनुसार हाल अमेरिकामा तीनमध्ये एक व्यक्तिले कुनै न कुनै डेटिङ एप प्रयोग गरेका छन् । डिजिटल युगमा डेटिङ एपहरू लोकप्रिय बन्दै गइरहे पनि ठगी, जबरजस्ती र अपहरणका घटनाहरू पनि क्रमशः बढ्दै गएका छन् ।कार्यालयले डेटिङ एपमार्फत मेक्सिकोमा कसैसँग भेट्न जाँदा अत्यधिक सावधानी अपनाउन सुझाव दिएको छ । साथै अपरिचितसँग सार्वजनिक स्थानमा मात्र भेट्न, होटल कोठा वा एकान्त स्थानहरूमा नजान, भेटघाटको योजना, गन्तव्य र भेट्ने व्यक्तिको विवरण आफ्ना नजिकका साथी वा आफन्तलाई जानकारी दिन, शंका लागेमा तत्काल त्यहाँबाट टाढा हुन लगायतका सुझाव पनि दिइएको छ ।