सुनाखरी न्युज/ काठमाडौं ।
नेपालका वाणिज्य बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको नबिल बैंकले बैंकिङ क्षेत्रको ४० बर्ष लामो इतिहास बोकेको छ । बैंकिङ क्षेत्रमा एकपछि अर्को गरी नयाँ नयाँ योजना ल्याउँदै आएको यस बैंकले अन्य बैंकहरुले जसरी नै निक्षेप संकलन र कर्जा लगानीलाई नै आफ्नो मूल कर्म बनाउँदै आएको छ । आफ्नो वचत खाता योजना (सेभिङ स्किम) हरुमा बैंकले नारी बचत, वाल बचत, तलव, जेष्ठ नागरिक, विप्रेषण लगायतका थुप्रै योजना ल्याएको छ । यस मध्ये पछिल्लो समयमा सवैभन्दा धेरै चर्चामा रहेको नविलको प्रडक्टमा ‘नबिल जेन एन सेभिङ’ रहेको छ ।
नबिल बैंकले कोभिडको समयदेखि सञ्चालनमा ल्याएको ‘नबिल जेन–एन अकाउन्ट’ सञ्चालन गरिरहेको छ । नयाँ पुस्तालाई लक्षित गर्दै ल्याइएको यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गरेको बैंकले जनाएको छ । अनलाइनबाटै खोल्न सकिने यो बचत खातामा विशेष सुविधाका साथै थुप्रै प्रविधिमैत्री सेवाहरु जस्तैः मोबाइल बैंकिङ, निःशुल्क डेबिट कार्ड र क्रेडिट कार्ड रहेका छन् । बैंकले यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु सञ्चालनमा आएको हुनाले मिल्दोजुल्दो नाममा नझुक्की “नबिल जेन–एन अकाउन्ट” खोलि यस खाताको लाभ लिन अनुरोधसमेत गरेको छ ।
कोरोनाको असहज परिस्थितिको समय देखि नै सञ्चालनमका आएको यो खाता शुन्य मौज्दातमा खोल्न सकिन्छ । यसमा ४ वर्षका लागि डेबिट र क्रेडिट कार्ड निःशुल्क दिइन्छ छ । साथै बैंकले यो खाता खोल्ने ग्राहकका लागि कूल ३ लाख ७५ हजारको बीमा सुविधा पनि दिएको छ । नबिल जेन–एन अकाउन्ट नविल बैंकले नयाँ पुस्तालाई लक्षित गर्दै ल्याएको एक विशेष बचत खाता हो। यस खाताले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गरेको बैंकको रिटेल लाइविलिटी युनिटका अधिकृत आदर्श कटुवालले बताउनुभयो । सञ्चालनको छोटो समयमा नै लोकप्रिय बनेको यो एकाउन्ट नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई निकै उपयोगी भएको कटुवालको भनाई छ ।
‘ग्राहकलाई डिजिटल बैंकिङ्गको अभ्यास गराउन यस्ता प्रकारका खाताले सहयोग गर्ने भएकाले ‘नबिल जेन–एन’ संचालन ल्याइएको हो,’ उहाँले भन्नुभयो ‘यस खाता खोल्ने ग्राहकले एनटीसी र एनसेलको २ जीबी डाटा प्याकको विशेष सुविधाका साथसाथै मोबाइल बैकिङ्ग, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्डको पनि सुविधा पाउने छन् ।
के छन् यो खाताका विशेषताहरू ?
अनलाइनबाटै खोल्न सकिने सुविधा
मोबाइल बैंकिङ्ग सेवा
निःशुल्क डेबिट कार्ड र क्रेडिट कार्डको सुविधा
३ लाख ७५ हजारको बीमा सुविधा
शून्य मौज्दातमा खाता खोल्न सकिने सुविधा
१३ वटा प्राणघातक रोगहरूको बीमा
नविल डलर कार्डमा २५ प्रतिशत छुट
अनलाइनबाटै खाता खोल्न सकिने सुविधा, जसले बैंकमा जानु नपर्ने सुविधा प्रदान गर्छ । यो खाता विशेष गरी नयाँ पुस्तालाई लक्षित गरेर ल्याइएको र यसले डिजिटल बैंकिङ्गलाई अझ सरल र प्रभावकारी बनाउने उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘अन्य बैंकका खाताहरूमा पनि विभिन्न सुविधाहरू उपलब्ध छन, तर नबिल जेन–एन खाता विशेष गरी डिजिटल बैंकिङ्ग र प्रविधिमैत्री सेवाहरूमा केन्द्रित छ ।’
डिजिटल बैंकिङ्गमा केन्द्रित नबिल बैंकले डिजिटल बैंकिङ्गलाई प्रबर्धन गर्न यो खाता सञ्चालनमा ल्याएको हो । डिजिटल बैंकिङ्गले बैंकिङ्ग सेवाहरूलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने विभिन्न सुविधाहरू प्रदान गर्छ ।
के के छन् प्रमुख सुविधाहरू ?
मोबाइल बैंकिङ्ग
इन्टरनेट बैंकिङ्ग
क्यूआर कोड भुक्तानी
एआई अटोमेसन
बिना चेक ई
डिजिटल बैंकिङ्ग
कसरी खोल्ने त यो खाता ?
नबिल जेन–एन अकाउन्ट खोल्नका लागि अनलाइन प्रक्रियाबाट सजिलै आवेदन दिन सकिन्छ ।
नबिल बैंक नेपालकै पहिलो निजी वाणिज्य बैंक हो, जसको स्थापना १२ जुलाई १९८४ मा भएको थियो। यसको मुख्यालय दरबारमार्ग, काठमाडौं मा रहेको छ । नविल बैंकले नेपालभर २६४ शाखा तथा २९८ एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ। यस बैंकले ३७८ अर्ब रुपैयाँको कुल निक्षेप तथा ३४० अर्ब रुपैयाँको कुल कर्जा प्रवाह गरिरहेको छ ।
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेर आफ्नो सेवा विस्तार गरेको छ, जसले गर्दा यो देशकै सबभन्दा ठूलो वित्तीय संस्था बनेको छ । यस बैंकले नविनतम प्रविधि प्रयोग गर्दै मोबाइल बैंकिङ, एटीएम सेवा, मास्टर कार्ड, डेबिट कार्ड, तथा डिजिटल बैंकिङ जस्ता सुविधाहरू प्रदान गरिरहेको छ ।