२०८२ फाल्गुन २४ , आइतवार

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव आयोजना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालीपन र संस्कृतिलाई प्रबद्र्धन गर्ने उद्देष्यले अमेरिकाको सान् फ्रान्सिस्को शहरमा धार्मिक महोत्सव आयोजना गरिएको छ । नेपालीको पुरानो संस्था नेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले आगामी जुन ७ देखि १५ सम्म ९ दिने धार्मिक कार्यक्रम तय गरेको हो ।महोत्सवमा हिन्दु र बौद्ध धर्मका बिभिन्न पुजा हुने भएका छन् । श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ तथा बौद्ध शान्ति पूजा मुख्य कार्यक्रम राखिएको छ । बाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले ९ दिन नै भागवत बाचन गर्नु हुनेछ भने बौद्ध गुरु तेन्जिङ्ग लामा शेर्पाले बौद्ध पूजा सञ्चालन गर्नु हुनेछ । भागवत श्रवण गर्नेमात्र नभएर यसपटक सोही मण्डपमा भक्तजनले निजी पुजा पनि गर्न पाउने भएका छन् । पितृमोक्ष संकल्प पूजा, सत्यनारायण पूजा, रुद्री (वास्तु) पूजा, ग्रह शान्ति पूजा, लाख बत्ति पूजा गर्न सकिने धामिर्क महोत्सव मूल आयोजक समितिका संयोजक घनप्रसाद दवाडीले जानकारी दिनुभयो । ‘धेरैलाई बिभिन्न पूजा लगाउन मन हुन्छ, तर विदेशमा सबै जुटाएर गर्न सबैका लागि सजिलो छैन ।

ही भएर भागवतलाई बनेको मण्डपमा सबै सर्दाम आयोजकले जुटाईदिने र भक्तजनहरु आएर पूजा गर्ने सुविधा गरिएको हो’ दवाडीले भन्नुभयो । यी पूजाका लागि तोकिएको शुल्क तिरेर अग्रिम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । महोत्सवको पहिलो दिन कलश यात्रा हुँदैछ । ९ दिनसम्म यज्ञमा राखेर हरेक दिन पुजिएको कलश घरमा राख्दा पवित्र हुने भएकोले यात्रामा बोकेको कलशलाई अन्तिम दिन सम्बन्धित व्यक्तिलाई वितरण गरिने कार्यत्रम छ । यसको लागि आयोजकले तोकेको पोशाकमा महिलाहरु क्लश बोकेर शोभा यात्रामा सहभागी हुनुपर्नेछ । नेपालबाट कलश र एकै रङका सारी मगाइएको महोत्सवका सह–संयोजक तथा कलश यात्राकी संयोजक बिष्णु घलेले जानकारी दिनुभयो ।भागवतका लागि हुने नित्य पूजाको लागि पनि आयोजकका निश्चित मान्छे नभई जो कोही कर्ता हुन पाउने गरी दर्ता खुला गरिएको छ । ‘पहिलो दर्ता गर्नेले पूजा गर्ने अवसर पाउनेछन्’ संयोजक दवाडीले भन्नुभयो– ‘नान्स सामाजिक संस्था भएकोले समुदायका सबैलाई अवसर दिनका लागि दर्ता परिपाटीबाट सबैलाई अवसर खुला गरिएको हो ।’ यसअघि सन् २०११ र सन् २०१८ पनि यहाँ महायज्ञ भएको थियो । तर त्यसमा भागवत वाचन मुख्य काम मात्र हुन्थ्यो । यसपटक जस्तो धेरै पूजा र धेरै मानिस प्रत्यक्ष पूजामा सहभागी हुन पाउने गरी आयोजना भएको थिएन ।

संकलित रकम नेपाली कम्युनिटी सेण्टरलाई

नान्सले गत नोभेम्वरमा नेपाली कम्युनिटी सेण्टरको भवन गरेको छ । यस क्षेत्रका मानिसले अभियान सुरु गरेको ४५ वर्षपछी यहाँ भवन खरिदको काम भएको हो । भवनलाई शुद्धिकरण गर्ने, धेरैले धेरै किसिमका पूजा गर्न पाउने गरी महोत्सव आयोजना गरिएको नान्सका अध्यक्ष प्रितेश कार्कीले बताउनुभयो । यो पूजा, भेटीबाट बचेको तथा व्यक्तिले दिने दानस्वरुपको रकम नेपाली कम्युनिटी सेण्टरको लागि प्रयोग गरिने कार्कीको भनाई छ । नान्सले १९ लाख २० हजार ९ सय ४२ डलरमा सो भवन खरिद गरेको हो । त्यसमध्ये १३ लाख १५ हजार डलर ऋण रहेको छ । संस्थाले यअघि २०२४ को अगष्टमा भवन किन्ने तय भएपछी ३ महिनामा ७ लाख रुपैयाँ संकलन गरेको थियो । १ लाख ५० हजार रुपैयाँ नगद ऋण सापटी गरी ८ लाख ५५ हजार रुपैयाँ भवनलाई नगद डाउन पेमेण्ट गरेको कार्कीले जानकारी दिनुभयो ।

धर्म संस्कृति प्रबद्र्धन मुल उद्देषयसँगै भवनको ऋण चुक्ताका लागि रकम जुटाउनु पनि धार्मिक महोत्वसको लक्ष्य रहेको कार्कीले बताउनुभयो । यज्ञ सम्पन्न गर्नका लागि यहाँका संघ संस्था, नान्सका बोर्ड अफ ट्रष्टी, डोनरहरु समेटिएको बृहद आयोजक समिति बनेको छ । जसको संयोजकमा घनप्रसाद दवाडी र सह संयोजकहरुमा नारायण पोखरेल, बिष्णु घले, पशुपती कँडेल, मुकुन्द दवाडी, केपी ढकाल, भीम थापा, लाक्पा शेर्पा रहनु भएको छ । त्यस्तै बोर्ड अफ ट्रष्टी र केही समावसेवीहरु रहेको सल्लाहकार समिति बनाईएको छ । जसको संयोजकमा दिक्पाल केसी रहनु भएको छ । करिव १० हजार ८ सय वर्ग फिटको भवन छ । सुविधा सम्पन्न मुख्य सभाकक्ष ५सय २८ जना क्षमताको छ । २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिस कोठा छन् । भान्सा तथा अन्य स–साना स्टोर कोठाहरु र शौचालय छन् । ५४ हजार वर्गफिटको पार्किङ लटमा १ सय १० भन्दा बढी सवारी पार्किङको व्यवस्था छन् ।