
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसदहरूले नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने बताउनुभएको छ । उक्त पार्टीका सांसद सुरेशकुमार आलेमगर र विष्णुबहादुर विश्वकर्माले संसद् सञ्चालनका निम्ति पनि गृहमन्त्रीले राजीनामा गर्नुपर्ने बताउनुभएको हो । नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठले राजनीतिक दलहरु जनताका असन्तुष्टि सम्बोधन गर्न जिम्मेवार बन्नुपर्ने बताउनुभयो । “लोकतान्त्रिक गणतन्त्रको स्थापना ग¥यौँ । त्यसपश्चात्का गतिविधिहरु हेर्ने हो भने पनि हामी उनीहरुलाई (राजावादीहरु) मात्र दोष दिएर पन्छिन पाउँदैनाँै”, सांसद श्रेष्ठले भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उदयबहादुर बोहराले सरकारले आन्दोलनरत यातायात व्यवसायीसँग गरेको सम्झौताप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । सरकारसँग सहमतिमा गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले पत्राचार गर्न तयार भएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।जनता समाजवादी पार्टी नेपालका मोहमद खालिदले जनतामा व्याप्त निराशालाई जनपक्षीय कामबाट हटाउन राजनीतिक दलहरु संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।
रासस