२०८२ फाल्गुन २३ , शनिवार

रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

rato machindra

सुनाखरी न्युज/काठमाडौं ।

आज  वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो देखाइने भएको छ । भोटो जात्राको अवसरमा आज सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

 

 

ललितपुरको जावलाखेल चोकमा आज  राष्ट्रपतिको उपस्थितिमा भोटो देखाइने छ ।

 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीका अनुसार भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता लागेको छैन तर यो जात्राको परम्परासँग जोडिएको रोचक किंवदन्ती छ ।

किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।