२०८३ बैशाख २२ , मंगलबार

घट्यो कुखुराको मासुको मूल्य

kukhura-Chicken

सुनाखरी न्युज /  काठमाडौं ।

बजारमा आज शुक्रबारदेखि लागु हुने गरी कुखुरा मासुको मूल्य घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ अध्यक्ष बीसीले कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म घटेको जानकारी दिए ।

बीसीका अनुसार जिउँदो कुखुरामा प्रतिकिलो १० रुपैयाँ घटेर २ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि जिउँदो कुखुरा किलोको २ सय ६० रुपैयाँ थियो ।

यस्तै तयारी कुखरा मासुको मूल्य पनि घटेको छ । तयारी मासु प्रतिकिलो १५ रुपैयाँले घटेको हो । यसअघि ३ सय ८० रुपैयाँ रहेको तयारी मासुको मूल्य ३ सय ६५ रुपैयाँमा झरेको अध्यक्ष बीसीले बताए । गर्मीमा मासु खपत कम हुने हुँदा मूल्य घटेको उनले बताए ।