
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको टोलीले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसंग शुक्रबार भेटवार्ता गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यको नेतृत्वमा गएको टोलीले सुनचाँदी ब्यवसायको विद्यमान अवस्था र ब्यवसायीले भोग्नु परेका समस्याको बारेमा जानकारी गराएको थियो ।

त्यसक्रममा महासंघका प्रतिनिधिहरुले सुनचाँदीको आपूर्ति ब्यवस्थालाई प्रभावकारी वनाइनुपर्ने, दैनिक २० किलोको सिमालाई वृद्धिगरी ४० किलो वनाइनु, सिजन र अफ सिजन अनुसार बजारको माग र आवश्यकताका अधारमा दैनिक ४० किलोका दरले बर्षमा ३६५ दिनको कुल १४ हजार ६ सय किलोमा नवढ्ने गरी कच्चा सुन ल्याउन पाउने ब्यवस्था गरिनु पर्ने माग गरे । यस्तै अन्य मागहरुमा राष्ट्र बैंकको कार्यविधिमा भएको ब्यवस्था अनुरुपका प्रावधानहरु लागु गरी साना आकारका सुनका वार ल्याउने र तोकिएका नाकाहरुवाट सुलभरुपमा कच्चा सुन उपलब्ध गर्ने ब्यवस्था हुनु पर्ने लगायतका छन् । भेटका क्रममा सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेट र त्यसमा समेटिएका विलासिता कर, गरगहना निर्यात र विदेशवाट आउने यात्रुले आफूसँग ल्याउन पाउने सुन लगायतको ब्यवस्थामा सम्बन्धमा छलफल भयो ।
|
महासंघको प्रतिनिधमिण्डलसँगको भेटका क्रममा गभर्नर डा. पौडेलले सुनचाँदी ब्यवसायी महासंघले राखेका मागहरुलाई आफूले गंभिर र सकारात्मकरुपमा लिएको बताउँदै ती मागको कार्यान्वयन गर्ने आश्वाशन दिनु भयो । कच्चा पदार्थको आपूर्ति ब्यवस्था सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । |
महासंघको प्रतिनिधमिण्डलसँगको भेटका क्रममा गभर्नर डा. पौडेलले सुनचाँदी ब्यवसायी महासंघले राखेका मागहरुलाई आफूले गंभिर र सकारात्मकरुपमा लिएको बताउँदै ती मागको कार्यान्वयन गर्ने आश्वाशन दिनु भयो । कच्चा पदार्थको आपूर्ति ब्यवस्था सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
गभर्नर डा. पौडेलसँगको भेटका क्रममा महासंघका प्रथम उपाध्यक्ष धर्म सुन्दर वज्राचार्य, तृतीय उपाध्यक्ष रूपदल विश्वकर्मा (राजु धमला) ,महासचिव किरणभाई वज्रचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ र महासंघका महानिर्देशक शिव दुवाडीको उपस्थिति रहेको थियो । यस्तै उक्त प्रतिनिधीमण्डलमा सुनचाँदी ब्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क। र सल्लाहकार शम्सेर घामललेको पनि सहभागिता रहेको थियो ।