२०८२ फाल्गुन २६ , मंगलबार

गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने प्रतिपक्ष दलको निर्णय

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधिसभाका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा सेटिङ प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सङ्घीय संसद् चल्न नदिने बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा विपक्षी राजनीतिक दलका प्रमुख सचेतकहरूले आफूहरूले उठाएका विषय सम्बोधन नहुँदासम्म सदन चल्न नदिने बताएका हुन्। रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका शीर्ष नेताहरुको बुधबार बसेको बैठकले गृहमन्त्रीको राजीनामा नआएसम्म सदन अबरुद्ध गर्ने निर्णय गरेको हो । बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले आफूहरूका माग पूरा नहुँदासम्म सदन चल्न नदिने बताएको जानकारी दिए । ‘खासगरी सदनको क्यालेन्डर बनाउने विषयमा बैठक थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने धारणा राखेको बताए । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने सदनको अवरोधको विषयमा औपचारिक कुराकानी नभएको बताए । ‘संसद्को क्यालेन्डर बनाउने विषयमा छलफल थियो । सदनको अवरोधबारे अनौपचारिक विषयमा कुरा उठे पनि औपचारिक छलफल भएन,’ घिमिरेले भने ।