२०८२ फाल्गुन २३ , शनिवार

सुनका गरगहनामा विलासिता शुल्क, विदेशवाट आउने यात्रुले ल्याउन पाउने गहना सम्वनधी ब्यवस्थामा के छ?

gold

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले सुनका गरगहनामा विलासिता शुल्क लाग्ने ब्यवस्था गरेको छ । यसअघि १० लाख माथिको गहनाको खरिदमा मात्र यस्तो ब्यवस्था रहेकोमा नयाँ बजेट मार्फत गरगहनाको खरिदमा यस्तो शुल्क लाग्ने ब्यवस्था गरेको छ । सुनचाँदी ब्यसायीहरुले विलाशिता शुल्क खारेज गर्न माग गर्दै आएका थिए । तर सरकारले भने झनै यसको दायरा वृद्धि गरेको देखिएको छ ।
यस्तो छ सरकारले गरेको नयाँ ब्यवस्था

चालु आर्थिक वर्षमा १० लाखभन्दा माथिको सुनका गरगहना र गरगहना बिक्रीमा २ प्रतिशत विलासिता शुल्क लाग्दै आएको छ।
अब हरेक रकमको सुन तथा सुनका गरगहनाको मूल्यमा विलासिता शुल्क लाग्ने भएको छ ।

चालु आर्थिक वर्ष २०८१र८२ मा १० लाखभन्दा माथिको सुनको गरगहन, हिरा, मोतीजडित सुनका गरगहनामा २ प्रतिशत विलासिता शुल्क लाग्दै आएको छ ।

तर, आगामी आव २०८२–८३ को आर्थिक विधेयकमा सुनको गरगहना बिक्रीमा २ प्रतिशत विलासिता शुल्क तोकिएको हो ।

विदेशवाट आउने यात्रुले ल्याउन पाउने गहना सम्वनधी ब्यवस्थामा के छ?