२०८२ फाल्गुन २६ , मंगलबार

सदनमा बोल्न नदिए गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौ ।

भिटिज भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनको तयारी गरेका छन् ।सदनमा राजीनामा माग्दै विपक्षी दलले बोल्न नदिएपछि गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन् । तर विपक्षीहरुको अवरोध हटे संसद् बैठक मार्फत् आफ्नो कुरा राख्ने गृहमन्त्रीको तयारी छ ।गृहमन्त्री लेखकले संसद्‌मा बोल्न समय लिएका छन् । तर विपक्षीहरुले पदबाट राजीनामा मागेर संसद् अवरोध गरिरहेका छन् । ‘सकेसम्म संसद् अवरोध हटाएर त्यही सम्बोधन गर्ने तयारी छ’ गृहमन्त्री निकट स्रोतले भन्यो, ‘अवरोध नहटे पत्रकार सम्मेलन हुन्छ ।’
रासस