२०८२ फाल्गुन २७ , बुधवार

करिब १ सय ५६ किलो गाँजा सहित दुई जना पक्राउ

arrest-pakrau-hatkadi-768×403

सुनाखरी न्युज/ काठमाडौ ।

बर्दिबास नगरपालिका(१ शुभ स्वस्तिक हस्पिटल अगाडिबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५६ किलो ५५ ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका(५ घुर्कोली बस्ने ३५ वर्षीय लालबाबु साह र सोही नगरपालिका(३ बुद्दचोक बस्ने २१ वर्षीय अभिषेक परियार रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा।११ च ३४९४ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा स्कारपियोमा लुकाई छिपाई राखेको ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी स्कारपियो चालक लालबाबु र स्कारपियोमा सवार अभिषेकलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।