२०८२ फाल्गुन २७ , बुधवार

बाटोमा ढुङ्गा खस्दा एक जनाको मृत्यु, एक घाइते

death

सुनाखरी न्युज/ काठमाडौ ।

नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गरिरहनुभएका ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको छ । उहाँको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतका अनुसार जोशीको घटनास्थलमै मृत्यु भएको हो बाटोमा हिँडिरहेका उहाँमाथि रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा लागेको हो । ढुङ्गाले लागेर नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते हुनुभएको छ । उहाँलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।
रासस