२०८२ फाल्गुन २७ , बुधवार

किशोरीलाई भारत लगेर बलात्कार, दुई जना पक्राउ

arrest-pakrau-hatkadi-768×403

सुनाखरी न्युज/ काठमाडौ ।

पर्सामा बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन्। जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ। जिल्लाको जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादव र एक भारतीय नागरिक मनिष पासवान पक्राउ परेका हुन् ।

पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार अभियुक्त पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारतमा लगेका थिए ।

पीडितका तर्फबाट प्राप्त जाहेरीका आधारमा अभियोग लागेका यादव र पासवानलाई करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान भइरहेको सूचना अधिकारी लम्सालले जानकारी दिए ।