२०८२ फाल्गुन २४ , आइतवार

प्राडा जयालक्ष्मी प्रधान ‘GLOBAL HUMANITARIAN AWARD’ बाट सम्मानित

ppp

`वैश्विक परिप्रेक्ष्यमा भाषा, साहित्य, शिक्षा र संस्कृति: नेपाल-भारतको सन्दर्भमा´ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन २०८२ जेठ ९ र १० गते त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौँमा सभ्य र भव्य रूपमा सम्पन्न भयो।

सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालय, महाविद्यालय तथा शैक्षिक संस्थाका प्राज्ञिक व्यक्तित्वको गरिमामय उपस्थिति रहेको थियो।

 

सम्मेलनमा प्रा.डा. जयालक्ष्मी प्रधान (क्याम्पस प्रमुख, पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौं )लाई शिक्षा एवम् अनुसन्धानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेबापत अपराजिता समूह र गुरु विद्यापीठ, रोहतक (भारत)ले

GLOBAL HUMANITARIAN AWARD – 2025 (`वैश्विक मानवीय अवार्ड – २०२५´) बाट सम्मान गरेको छ ।

उहाँले उपस्थित सबै महानुभावहरूलाई आभार व्यक्त गर्दै नेपाल र भारतको परम्परादेखिको सम्बन्ध, सांस्कृतिक सम्बन्ध, धार्मिक सम्बन्ध, रोटी-बेटीको सम्बन्धको कुरा गर्दै सबैभन्दा बलियाे सम्बन्ध दुई देशका जनता-जनताबिचको सम्बन्ध रहेको कुरा बताउनुभयाे।

उहाँले सम्मान दिने संस्था प्रति आभार व्यक्त गर्नु भयो ।