
सुनाखरी न्युज/ काठमाडौ ।
भारतको चर्चित टिभी रियालिटी शो ‘बिग बोस’को ढाँचामा परिवर्तन गरिएको छ । विवरणअनुसार शोको सिजन १९ मा सामाजिक संजालका ‘इन्फ्लुएन्सर’ र ‘युट्युबर’ सहभागी हुन पाउने छैनन् । टेलिभिजन कार्यक्रमसँग सम्बन्धित प्रतियोगी मात्र सहभागी हुन पाउने भारतीय संचारमाध्यमले जनाएका छन् । पछिल्ला केही सिजनमा युट्युब र सामाजिक संजाल इन्फ्यलुएन्सरलाई यति ठूलो प्लाटफर्म दिएको भन्दै आलोचना भैरहेको छ । ‘टेली रिपोर्टर’का अनुसार, यसपटक शोका निर्माताले युट्युबर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरलाई सम्पर्क नगर्ने निर्णय गरेका छन् । यसपटक निर्माताहरूको सम्पूर्ण ध्यान टिभी र फिल्मका लोकप्रिय स्टारमा केन्द्रित हुनेछ ।
जसका कारण शोका पुराना फ्यान पनि रिसाएका देखिन्थे । यसै कारणले गर्दा, कार्यक्रमका निर्माताले यस पटक लोकप्रिय टिभी र फिल्म स्टारलाई मात्र कार्यक्रममा प्रतिस्पर्धीको रूपमा समावेश गर्ने निर्णय गरेका छन् । प्रतियोगीको कास्टिङ पूर्ण रूपमा सुरु भएको बताइएको छ, तर यस सम्बन्धमा शोका निर्माताबाट कुनै आधिकारिक बयान आएको छैन । प्राप्त जानकारी अनुसार, ‘बिग बोस १९’ को प्रिमियर यस पटक जुलाई १९, २०२५ बाट हुने अपेक्षा गरिएको छ । रिपोर्ट अनुसार यस पटक पनि सलमान खानले शो होस्ट गर्नेछन् । सलमानले जुन २०२५ को अन्त्यसम्ममा ’बिग बोस १९’ को प्रोमो छायांकन गर्ने खबर छ । यस पटक यो शो ३ महिनाको सट्टा ५ महिनासम्म चल्नेछ । यसबाहेक, अब बिग बोसको ओटीटी संस्करण बन्द भएको खबर पनि आएको छ ।