२०८२ फाल्गुन २६ , मंगलबार

यी तीन चीजसँग झुक्किएर पनि नखानुहोस् लसुन

R

सुनाखरी न्युज/ काठमाडौं ।

लसुन लगभग हरेक नेपालीको भान्सामा पाइन्छ। खानाको स्वाद बढाउनुका साथै लसुनलाई स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । यसमा धेरै औषधीय गुणहरू छन्, जसले तपाईंलाई धेरै तरिकामा फाइदा पुर्‍याउन सक्छ। तर, लसुनलाई राम्ररी उपभोग गरिएन भने यी फाइदा भन्दा पनि उल्टै बेफाइदामा परिणत हुन सक्छन् । विशेष गरी केहि चीजहरूसँग लसुनको सेवनले गम्भीर समस्याहरू बढाउन सक्छ।जानौं यी ३ चिज के हुन् र किन विज्ञहरूले लसुन नखाने सल्लाह दिन्छन् ।

रगत पातलो बनाउने औषधीसँगः
लसुनमा रगत पातलो बनाउने प्राकृतिक गुण हुन्छ । यस्तो अवस्थामा रगत पातलो बनाउने कुनै पनि औषधि सेवन गरिरहनु भएको छ भने लसुनको अत्याधिक सेवनले रगत बग्ने खतरा बढ्छ । एउटा अध्ययनले लसुनसँग यी औषधि सेवन गर्दा रगत बग्ने जोखिम बढ्न सक्ने देखाएको छ ।

अल्कोहलसँगः
चिकित्सकका अनुसार मदिरा सेवन गर्नुअघि वा पछि लसुन खाँदा कलेजोमा असर पर्छ । लसुन र रक्सीमा पाइने यौगिकहरूको संयोजनले कलेजोको कार्यलाई असर गर्न सक्छ भने साथै पाचनमा समस्या निम्त्याउन सक्छ।

ग्रिन टिसँगः

यी सबै बाहेक ग्रि टि पिउनु अघि वा पछि लसुन नखान चिकित्सकहरुले सल्लाह दिन्छन् । डाक्टरहरू भन्छन्, ‘लसुन र ग्रिन टी स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर दुवैलाई एकैसाथ सेवन गर्नु हुदैँन । हरियो चियामा क्याफिन र अन्य सक्रिय यौगिकहरू हुन्छन्, जसलाई लसुनसँग मिलाउँदा पेट जलन र एसिडिटी हुन सक्छ।