२०८२ फाल्गुन २४ , आइतवार

प्रहरी सेवामा एउटै घरका तीन दाजुभाई दुई डीएसपी, एक इन्स्पेक्टर

neane_Police

 

सुनाखरी न्युज/ काठमाडौं ।

अछामको रामारोसन गाउँपालिका–४ का न्यौपाने परिवार अहिले चर्चाको शिखरमा पुगेको छ । शिक्षण पेशामा जीवन बिताएका देवानन्द न्यौपाने र गृहिणी पारु न्यौपानेका कोखबाट जन्मिएका तीन दाजुभाइ नेपाल प्रहरीको अफिसर बनेका छन् । तीनैजना आ-आफ्नै कमाण्डमा कुशलतापूर्वक सेवा गरिरहेका छन् । उनीहरुका जेठा, माइला र कान्छा छोरा नेपाल प्रहरीमा कार्यरत छन् भने साईला छोरा इन्जिनियर छन् भने छोरी डाक्टर छिन् ।

देवानन्द र पारुसका जेठा छोरा सिद्धराज न्यौपाने र माइला केशर कुमार न्यौपाने नेपाल प्रहरीको प्रहरी नायब उपरिक्षक (डिएसपी) रहेका छन् भने कान्छा छोरा मुकेश पनि प्रहरीकै इन्स्पेक्टरमा कार्यरत रहेका छन् । त्यस्तै साईंला छोरा चन्द्रप्रकाश न्यौपाने इन्जिनियर रहँदा छोरी कविता डाक्टर रहेकी छिन् । जेठा छोरा सिद्धराज हाल पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का निजी सुरक्षा अधिकृत (पीएसओ) उनी २०६३ सालमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका थिए। उनी २०७४ मा डिएसपी भएका थिए ।

त्यस्तै माइलो छोरा केशरले अहिले सल्यान जिल्लाको कमाण्ड गरिरहेका छन् । २०७० मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका उनी २०८० सालमा डिएसपीमा बढुवा भए। त्यस्तै कान्छा छोरा मुकेश न्यौपानेले २०७६ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गर्दै हाल रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलैयामा कार्यरत छन्। त्यस्तै साइँला छोरा साइँलो छोरा चन्द्रप्रकाश न्यौपाने इन्जिनियर छन् भने छोरी कविता न्यौपाने चिकित्सक छिन् र अहिले दार्चुला अस्पतालमा कार्यरत छिन्।