
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् । आफ्नै निवास बुढानीलकण्ठमा सोमबार बिहान ९ बजे बस्नेगरी देउवाले पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
एक पदाधिकारीले बैठकको मुख्य विषय भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएपछि अब के गर्ने भन्ने छलफल गर्ने रहेको जानकारी थिए । ‘मुख्य विषय भिजिट भिसा प्रकरणमा गृहमन्त्रीज्यू मुछिएपछि के गर्ने भन्ने हो ? बैठक बसेपछि त अन्य विषय पनि भइहाल्छन्,’ ती पदाधिकारीले भने ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई कार्यालयमा छापा मारेर नियन्त्रणमा लिएर उनका डिभाइस जफत गरेपछि शङ्काको सुई गृहमन्त्री लेखकसम्म पुगेको छ ।
यसबारे कांग्रेसका नेताहरूबिच लेखकले राजीनामा दिनुपर्ने र दिन नहुने भन्नेमा फरक फरक धारणा बाहिर आइसकेका छन् ।