
सुनाखरी न्युज/ धनुषा ।
नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाको छठौं सधारणसभा तथा तेश्रो अधिवेशन आइतबार सम्पन्न भएको छ ।
दिपेन्द्र ठाकुरको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभा महासंघको मधेस प्रदेश अध्यक्ष रामजी साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
यस्तै विशिष्ट अतिथि जनकपुधाम उद्योग, वाणिज्य सघका वरिष्ठ उपाध्यक्ष मनोज साह तथा अध्यक्ष विनय कुमार साह लगायतका अतिथि हरूको आतिथ्यमा जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो ।