२०८२ फाल्गुन २७ , बुधवार

रवि लामिछाने थुनामै रहने, सर्वोच्चले सदर गर्‍यो उच्चको आदेश

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा भएको त्रुटि सच्याएको छ। शुक्रबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको थियो। तर उक्त आदेशको शीर्षकमा ‘फैसला’ शब्दको प्रयोग भएको थियो। त्यहाँ ‘आदेश’ उल्लेख गर्नुपर्ने भएपछि सर्वोच्चले आइतबार पेसी राखेको थियो। आइतबार सुवेदी र ढकालको इजलासले ‘आदेश’ कायम गरेको हो। उक्त माग बमोजिम आइतबार सर्वोच्चले आदेश दिँदै भनेको छ, ‘यसमा, सम्बन्धित मिसिल हेर्दा, उक्त आदेशको शिरखण्डको चौथो हरफमा ‘आदेश’ उल्लेख हुनुपर्नेमा ‘फैसला’ लेखिन गएको देखिँदा प्रतिवेदन मागबमोजिम टाइपमा हुन गएको उल्लिखित त्रुटि न्याय प्रशासन ऐन, २०७३ को दफा १८(३) बमोजिम सच्याइ फैसला लाई ‘आदेश’ कायम गरिदिएको छ। प्रस्तुत आदेशलाई उक्त आदेशको अभिन्न अंग मानी मिसिल सामेल गर्नु।’ सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकै आदेशलाई सदर गर्दै उनलाई पुर्पक्षको लागि थुनामै राख्न आदेश दिएको हो।