२०८२ फाल्गुन २९ , शुक्रवार

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

Rastriya-Swatantra-party

सुनाखरी न्युज / काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी सचिवालय बैठकको निर्णय र पार्टी कार्यवाहक सभापतिको आह्वानमा केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

रास्वपाको केन्द्रीय समितिको आकस्मिकभर्चुअल बैठक हिजो ४ बजे बसेको थियो भने त्यसको निरन्तरता स्वरूप केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । बैठकमा मुख्य ४ एजेण्डामा छलफल हुने प्रवक्ता झाले बताए ।

बैठकमा विशेष रिपोर्टिङ ९जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरणलगायत विषय छलफलका एजेन्डा रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।