२०८२ फाल्गुन २७ , बुधवार

रास्वपाको सचिवालय र केन्द्रीय समिति बैठक आब्ह्वान

Rastriya-Swatantra-party

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय र केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश सदर गरेपछि रास्वपाले बैठक बोलाएको हो ।

 

सचिवालयको आकस्मिक भर्चुअल बैठकले बैठक बसेर उक्त विषयमा छलफल गर्ने निर्णय गरेको हो ।

आज दिउँसो तीन बजे पुन: सचिवालय र चार बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने रास्वपाले जनाएको छ ।

 

शनिबारको बैठकपछि आइतबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाको निर्णय छ ।

सर्वोच्च अदालतले शुक्रबार  यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशलाई सदर गरेको थियो ।