
सुनाखरी न्युज/ काठमाडौं ।
आदरणीय संचारकर्मीज्यूहरु
उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक मानव संशाधन र हाल बजारमा उपलब्ध जनशक्तिमा बीचको मिसम्याच, रोजगारदाता र रोजगारीको खोजीमा रहेको मानव संशाधन वीच आपसी सामन्जस्यताको अभाव लगायत सीप विकाससंग सम्वन्धित विविध आयामहरुको वारेमा उजागर गर्ने अभिप्रायका साथ सीप उत्सव २०८२ आयोजना गर्न लागिएको छ । सीप उत्सवको माध्यमबाट तालिम प्रदायक, उद्योग प्रतिष्ठानहरु, नेपाल सरकारका सरोकारवाला पक्षहरु र प्रशिक्ष्ाँर्थीहरु वीचको समन्वयलाई थप प्रगाढ वनाई आगामी दिनमा आवश्यकता अनुरुपको दक्ष्ँ जनशक्ति उत्पादन, उत्पादित जनशक्तिलाई रोजगारका अवसरको सुनिश्चितताका साथै स्वदेशमा रोजगारीका अवसर भएको सन्देश प्रवाह गर्न सहयोग पु¥याउने लक्ष्य लिई कोशी प्रदेशमा पहिलो पटक सीप उत्सव २०८२ आयोजना गर्न लागिएको छ । यो उत्सवलाई दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) दोश्रो नेपाल सरकार र स्वीस सरकारको दुई पक्ष्ँिय सम्झौतामा सञ्चालित परियोजना अन्तर्गत उद्योग संगठन मोरङले आयोजना गरेको हो ।
आयोजक : उद्योग संगठन मोरङ
प्राविधिक सहयोग : इन्स्योर हेल्भेटास
समन्वय : सामाजिक विकास मन्त्रालय कोशी प्रदेश
सहयोगी संस्थाहरु : प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद कोशी प्रदेश, कम्प्यूटर एशोसिएसन अफ नेपाल महासंघ मोरङ, होटल एशोसिएसन अफ नेपाल, नेपाल अटोमोवाईल डिलर्स एशोसिएसन अफ नेपाल
मिति, समय र स्थान :
मिति : २०८२ जेष्ठ १० गते शनिवार र ११ गते आईतवार
समय : (विहान १०.०० बजे देखि अपरान्ह ५.०० बजे सम्म) अन्तर शिक्षालय सीप प्रतिष्पर्धा, लाईभ तालिम, वृति परामर्श (करियर काउन्सिलीङ)
२०८२ जेष्ठ ११ गते, आईतवार (विहान ८.०० बजे देखि विहान ११.३० बजे सम्म) अन्तिम सीप प्रतिष्पर्धा, पुरस्कार वितरण
स्थान : उद्योग संगठन मोरङको सचिवालय, तीनपैनि, विराटनगर
सीप उत्सव २०८२ – Skill Festival २०२५
उद्योग संगठन मोरङको आयोजना, ENSSURE / HELVETAS को प्राविधिक सहयोग र सामाजिक विकास मन्त्रालयको समन्वयमा सञ्चालित महत्वपूर्ण कार्यक्रम हो । यो कार्यक्रम नीजि क्षेत्रको नेतृत्वमा सीप, दक्षता प्रदर्शन तथा वृति परामर्श करियर काउन्सेलिंग र अनुभव साटासाट गर्ने अभिप्रायका साथ आयोजना गरिएको हो ।
प्रँरम्भिक चरणमा सम्पन्न भएका क्रियाकालापहरु :
मिति २०८२ वैशाख २२ गते देखि ३० गते सम्म कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका ११ वटा अप्रेन्टिसीप कार्यक्रम सञ्चालन हुने प्राविधिक शिक्षालयहरु मध्ये सूचना प्रविधि, अटोमोवाइल र होटल व्यवस्थापन अध्यापन हुने ७ वटा शिक्षालयमा सम्वन्धित शिक्षालयका प्रशिक्षार्थीहरु वीच आन्तरिक प्रतिस्पर्धा गराई पहिलो र दोश्रो हुनेलाई प्रदेश स्तरीय सीप उत्सव २०८२ मा प्रतिष्पर्धाका लागि सूचना प्रविधिमा १० जना, अटोमोवाईलमा ४ जना र होटल व्यवस्थापनमा ४ जना गरी जम्मा १८ जनालाई अन्तिम प्रतिष्पर्धाका लागि छनौट गरिएको छ । हरेक शिक्षालयबाट प्रथम र द्वितीय स्थान हासिल गर्ने विजेताहरूलाई “कोशी प्रदेश Skill Icon ” को उपाधि प्रदान गरिनेछ ।
सीप उत्सव २०८२ मा हुने गतिविधिहरु :
कार्यक्रमको अन्य मुख्य आकर्षणको रूपमा पूर्व वाल विकास सहजकर्ता -ECDF),सूचना प्रविधि, होटल म्यानेजमेन्ट र इलेक्ट्रिकल विधामाLIVE Training का साथै १००० भन्दा बढी विद्यार्थी तथा युवाहरूका लागि करियर काउन्सेलिङ सत्रहरू आयोजना गरिएको छ । यी सत्रहरूमा उद्योग तथा व्यवसाय क्षेत्रका विज्ञहरूद्वारा युवाहरूलाई प्रेरणा, वृति परामर्श र भविष्य निर्माणका लागि मार्गदर्शन प्रदान गरिनेछ ।
उत्सवका प्रमुख उद्देश्यहरू :
. रोजगार प्रदायक, तालिम प्रदायक र रोजगारको खोजीमा रहेका जनशक्तिलाई एकै स्थान भेला पारी सीप विकासको विविध आयामहरुको वारेमा जानकारी गराउने ।
. प्राविधिक शिक्षा, सीप तालिम तथा डुअलभेट अप्रेन्टिसीप कार्यक्रमको महत्व वारे सूचना प्रवाह गरी यसप्रति आकर्षण वढाउने ।
. वाहिरी प्राविधिक जनशक्ति माथिको निर्भरता कमगरी स्वदेश मै दक्ष प्राविधिक जनशक्ति उपलब्ध रहेको सन्देश प्रवाह गर्नु ।
. प्रदेश तथा स्थानीय स्तरमा सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीचको मिसम्याचलाई सन्तुलन गर्ने प्रयास गर्ने ।
. निजी क्षेत्रको अग्रसरतामा सीप, दक्षता र अनुभव साटासाटको वातावरण तयार पार्ने ।
. प्रशिक्षार्थीहरूको सीप प्रस्तुत गर्ने र विद्यालय–उद्योग सहकार्यलाई थप प्रगाढ बनाउने ।
. अप्रेन्टिसहरूको प्लेसमेन्ट तथा रोजगारीका अवसरहरू पहिचान र प्रवद्र्धन गर्ने ।
उत्सवको मुख्य आकर्षण
. सूचना प्रविधि, होटल म्यानेजमेन्ट र इलेक्ट्रिकल विधामा लाईभ तालिम ।
. एक हजार भन्दा बढी विद्यार्थी तथा युवाहरूलाई करियर काउन्सेलिङ सत्र, वृति परामर्श ।
. भविष्य निर्माणका लागि मार्गदर्शन ।
लक्षित समूहहरूः
. सूचना प्रविधि, होटल व्यवस्थापन, इलेक्ट्रिकल इन्जिनियरिङ र अटोमोबाइल इन्जिनियरिङ तर्फका विधार्थीहरु ।
. उद्योग प्रतिष्ठानका प्रतिनिधिहरु ।
. प्राविधिक शिक्षालयहरु ।
. सूचना प्रविधि, हस्पिटेलिटी, अटोमोवाईलका क्षेत्रहरु ।
. प्रदेश तथा जिल्ला स्तरका संघ संस्थाहरू ।
सीप उत्सव २०८२ को उपलब्धिहरु :
सीप उत्सव २०८२ ले प्रदेश भरिका प्रतिभाशाली औधोगिक प्रशिक्षार्थीहरूलाई पहिचान गर्दै उनीहरूलाई “कोशी प्रदेश स्किल आइकन“ को रूपमा सम्मानित गर्ने, व्यावसायिक सीप, करियर मार्गदर्शन र उद्योगसंगको सहकार्यको स्पष्ट बाटो तयार पार्ने छ । साथै करियर कान्सिलिंग, तालिम तथा सीप प्रतिस्पर्धा उद्योगको नेतृत्वमा संचालन हुदा प्रभावकारी हुनुका साथै प्राविधिक तथा व्यवसायिक शिक्षा प्रणाली (TVET) औधोगिक प्रशिक्षण कार्यक्रमको अवधारणामा संचालन हुनुपर्दछ भन्ने मान्यता स्थापित गर्नेछ । उद्योग संगठन मोरङद्वारा विकसित यो प्रोटोटाइप मोडेलले शिक्षा र सीपलाई रोजगारीसंग जोड्ने, व्यवहारिक सीपमा आधारित सिकाइ प्रवद्र्धन गर्ने र उद्योग–शिक्षा सहकार्यको नमूनाको रुपमा प्रस्तुत गर्नेछ ।
अन्तमा : प्रदेशमा सीपयुक्त जनशक्ति विकासमा टेवा पु¥याउने मात्र नभई, उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्यलाई पनि एक नयाँ उचाइमा पु¥याउने अपेक्षाका साथ आयोजना गर्न लागिएको सीप उत्सव २०८२ मा वढी भन्दा वढी जनसहभागितका लागि प्रचार प्रसारका साथै दुई दिनसम्म सञ्चालन हुने सीप उत्सवमा सहभागिता लागि सम्पूर्ण सञ्चारकर्मीज्यूहरुमा अनुरोध गर्दछु ।