
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं, नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेतीज्यू नियुक्त हुनु भएको छ । आजको औपचारिक कार्यक्रममा उहाँले डेप्युटी गभर्नर बम बहादुर मिश्रज्यूसँग अध्यक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । यस अघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा रहनु भएको थियो । चेत प्रसाद उप्रेतीज्यूको केन्द्रिय बैंकको विभिन्न विभागमा २७ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ भने उहाँ त्रिभुवन विश्वविद्यालयबाट एमबिए डिग्री होल्डर हुनुहुन्छ । हाल वहाँ राष्ट्र बैंकको गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रुपमा आबद्ध हुनुहुन्छ । नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो । थप जानकारीका लागि www.nchl.com.np मा हेर्नुहोला ।