२०८२ फाल्गुन २७ , बुधवार

कैलालीमा मन्त्रीकाे घरमा लाखौंको चोरी

Arun_Kumar_Chaudhary

सुनाखरी न्युज/ काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ । आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ । घरको ढोका ( ग्रिल)  फोडेर घरमा राखिएको नगद तथा झण्डै २० लाख पर्ने सुनचाँदीका गहना चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चोरीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।