
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा।विश्व पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पद वहाली गर्दै गभर्नर पौडेलले नीति–नियम बढी बनाउनतिरभन्दा सुपरिवेक्षणमा बढी ध्यान केन्द्रित गर्ने बताए। पौडेलले भने, ‘कम रेगुलेसन, बढी सुपरिवेक्षण’को नीतिअनुसार अघि बढ्छौं।’
धेरै नियम बनाएर बैंकहलाई कस्ने मात्र नभई उनीहरुको सुरक्षाका लागि आवश्यक कदम चालिने उनको भनाइ छ। बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको ठूलो रकम भएकाले ती संस्थाको सुरक्षाका लागि राम्रो ल्यान्डिङ पोलिसी ल्याउनेतर्फ ध्यान जाने गभर्नर पौडेलले बताए।
मौद्रिक नीतिले सरकारले बनाएको बजेटमा आएका नीतिलाई सफल बनाउने गरी आवश्यक नीति नियम निर्माण गरी काम अगाडि बढाइने उनले जानकारी दिए।