२०८२ फाल्गुन २७ , बुधवार

तीनकुने घटनाको अनुसन्धान पूरा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गर्नेहरू विरुद्धको अनुसन्धान प्रहरीले पूरा गरेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ८ जना विरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने राय दिएको छ । दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनीका गरेको कारण प्रेम बहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षति भएको थियो । आगजनीमा परेर पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।अनुसन्धान अधिकृतहरूले प्रतिवेदनलाई अन्तिम रूप दिइरहेका छन् । आरोपीहरू विरुद्ध प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध मुद्दामा अभियोजन गर्नुपर्ने राय आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकामध्ये राज्य विरुद्धको कसुरमा म्याद थप भएका २६ जना र आपराधिक उपद्रव मुद्दामा म्याद थप भएका २७ जना हिरासतमा छन् । अन्य आरोपीहरूलाई प्रहरीले यसअघि अनुसन्धान पुरा गरेर हाजिर जमानीमा रिहा गर्दै आएको थियो ।