
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले ग्याँस सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कोइरालाले एलपी ग्याँस सिलिन्डर साट्दा ठग्ने काम गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले एलपी ग्याँसका धेरै प्रकारका सिलिण्डरहरू बजारमा रहेको र ग्याँस अभावको नाटक गरेर सिलिण्डर साट्न लगाइ ठग्ने काम गरिएको बताइन् । उनले सिलिण्डर साट्दा पाँच सयदेखि एक हजार रूपैयाँसम्म लिने गरेको भन्दै अनुगमन गर्न आग्रह गरिन् ।
सांसद कोइरालाले सरकारले तत्काल यस्ता कामको निगरानी गर्नुपर्ने बताएकी हुन् ।