२०८२ चैत्र ५ , बिहिवार

प्रदेशसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम अनुमोदन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बागमती प्रदेशसभाले नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम अनुमोदन गरेको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम ११ बमोजिम प्रस्तुत गर्नुभएको सदस्यहरूको नामलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । प्रदेशसभा बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रदेशसभा सदस्य उर्मिला नेपाल, रामा आले मगर, लक्ष्मी घिमिरे, सुष्मा भुजेल न्यौपाने र हरि सापकोटाको नाम अनुमोदन गरेको छ ।
रासस