
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल प्रहरीकी सहायक निरीक्षक ( असइ ) कुन्जोङ छोपेल शेर्पाले सगरमाथाको आरोहण गरेकी छिन्। सोमबार बिहान ८: ५६ मा उनले सगरमाथाको आरोहरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उनी सगरमाथाको चुचुरोमा पुगेको भन्दै प्रहरी महानिरीक्षक दिपक थापाले बधाई दिएका छन्।
असई शेर्पालाई प्रहरी महानिरीक्षक दिपक थापाले गत २५ चैतमा शुभकामना ब्यानर हस्तान्तरण गरेका थिए । लैंगिक हिंसाविरुद्धको नारासहितको ब्यानर लिएर उनी सगरमाथा आरोहरण गरेकी हुन्। असई शेर्पा प्रहरीको साइबर ब्यूरोमा कार्यरत छिन्।