२०८२ फाल्गुन २७ , बुधवार

लुक्ला उडेको समिटको जहाज आकस्मिक अवतरण

samit airlines

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ।

रामेछाप पुग्दा जहाजमा समस्या देखिएपछि उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवरतण गराइएको छ।

विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको एउटा इन्जिनमा समस्या देखिएको थियो। जहाज बिहान ६ : १२ मा काठमाडौंबाट उडेको थियो।

‘जहाज सकुशल अवतरण गराइएको छ, इन्जिनियरहरूले जहाज हेरिरहेका छन्,’ निरौलाले भने।