२०८२ फाल्गुन ३० , शनिवार

मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्त हुन सक्ने

1747631090-So6co

सुनाखरी न्युज/ काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ । आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज साँझ ६ बजे बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने जनाइएको छ । सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन् ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिलाई पूर्णता दिइसकेको हुँदा, आजको बैठकमा नयाँ गभर्नर नियुक्ति हुने प्रबल सम्भावना रहेको छ।  यस समितिले योग्य उम्मेदवार छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ।

मन्त्रिपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक बस्ने छ । समितिले गभर्नरमा तीन जनाको नाम सिफारिस गर्नेछ । कांग्रेस र एमालेबिच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भइसकेकाले समितिको बैठक बसेर उनीसहित अन्य दुई जनाको नाम सिफारिस गर्ने तयारी भइरहेको बुझिएको छ ।