
सुनाखरी न्युज/ काठमाडौं ।
तुलसीपुर दाङ सुनचाँदी ब्यवसायी संघ तुलसीपुरले कर शिक्षा कार्यक्रम गरेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय प्रमुख श्रीधर टनडन बिशिस्ट अथिति तथा नेपाल सुनचाँदी ब्यवसायी महासंघ सदस्यद्धय लोकबहादुर सुनार र मदन केसी अतिथिका रुपमा सहभागी हुनु भएको थियो । आन्तरिक राजस्व कार्यालय अधिकृत प्रेम सुनार , हिरानन्द देबकोटा , उपेन्द्र पुन मगर र नायव सुब्बा तिलक रोका , तुलसीपुर उद्योग वाणिज्य संघका सह कोषाध्यक्ष दिपेश भण्डारी लगायतका ब्यक्तिको सो कायृक्रममा सहभागिता रहेको थियो । त्यस क्षेत्रमा सुनचाँदी ब्यवसायीहरूको वाक्लो उपस्थिति रहेको सो कार्यक्रम तुलसीपुर दाङ सुनचाँदी ब्यवसायी संघका अध्यक्ष हरिकृष्ण बिकको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण महासचिव तुल्सीराम सुनारले गर्नुभएको थियो ।
कार्यक्रममा अवसरमा ब्यवसायीहरुलाई कर शिक्षा प्रदान गरिएको थियो । त्यसक्रममा कर सम्वन्धी कार्यको ब्यवस्थापन, खरिद क्रिी खाताको ब्यवस्थापन, विल विजक, लेखा परक्षिण लगायत ब्यवसयाीलाई ब्यवसाय सञ्चालनकाक्रममा आवश्यक पर्ने विभिन्न खालका जानकरी प्रदान गरिएको थियो ।