२०८२ फाल्गुन २६ , मंगलबार

यी हुन् उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय

Blood-presure

सुनाखरी न्युज/ काठमाडौ।

बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, व्यस्त जीवनशैलीले गर्दा मानिसको स्वास्थ्यमा असर पर्दै गईरहेको छ । यसले गर्दा उच्च रक्तचापको समस्या पनि बढ्दो अवस्थामा छ । उच्च रक्तचाप वर्तमान अवस्थाको एउटा डरलाग्दो स्वास्थ्य समस्या हो । यसमा सबैको ध्यान जान जरुरी छ । उच्च रक्तचापलाई हृदय रोगको प्रमुख तत्व मानिन्छ यसलाई समयमा नियन्त्रण नगरे, मृगौलाका रोगहरू, थाइरायडका समस्या अनि विभिन्न नशाजन्य रोगहरू पनि लाग्छन् ।

औषधिको सेवन र डाक्टर कहाँ वर्षभरि धाउनुभन्दा समय समयमा जाँच गर्नु ठीक हुन्छ यसतर्फ पनि सबै सचेत हुन जरुरी छ । उच्च रक्तचापबाट बच्नको लागि धुम्रपान, मद्यपानबाट टाढा रहनुको साथै, दैनिक ब्यायाम र खेलकुदमा आफूलाई संलग्न गराउन आवश्यक हुन्छ ।यसबाट बच्न चिकित्सककोमा जानु त छँदै छ, यसबाहेक पनि केही घरेलु उपाय अपनाउन सकेमा उच्च रक्तचाप नियन्त्रण हुन सक्छ ।

१। बदाम  – बदाममा पाइने मोनोस्याचुरेटेड फ्याटले रगतमा कोलेस्ट्रोलको स्तर कम गर्छ । साथै, धमनीलाई सफा गरी रक्तचाप घटाउ“छ ।

२। प्याज – प्याजमा रहेको एन्टिअक्सिडेन्ट फ्लुबेनल, क्यासिन आदिले रक्तचापलाई सन्तुलित बनाउन मद्दत गर्छ । प्याजको नियममित सेवन गरे उच्च रक्तचापमा नियन्त्रण पाउन सकिन्छ ।

३। दालचिनी – दालचिनी धेरै औषधीय गुणयुक्त हुन्छ । दालचिनिको सेवनले मधुमेहसंगै उच्च रक्तचापज जस्ता रोग पनि नियन्त्रण हुन्छ ।

४। अलैंची – एक अनुसन्धानका अनुसार उच्च रक्तचापका बिरामीले करिब तीन महिनासम्म नियमित रूपमा अलैंचीको सेवन गरे, रक्तचापमा नियन्त्रण पाउन सकिन्छ ।

५। जैतुन – जैतुनको तेल नियमित सेवन गरेमा उच्च रक्तचापमा नियन्त्रण पाउनुका साथै कालान्तरमा उच्च रक्तचापबाट मुक्ति मिल्दछ ।

६। तरबुजा तथा लिचि – उच्च रक्तचाप भएका ब्यक्तिले तरबुजा तथा लिची खादा“ यसको क्युकरबोसिट्रिन नामक तत्वले रक्तचाप सहज बनाउछ ।

७। मेथी – मेथीको दानामा अत्यधिक मात्रामा पोटासियम तथा फाइबर पाइन्छ । राति सुत्नुअघि आधा चम्चा मेथीको दानालाई भिजाएर बिहान सेवन गर्नाले रक्तचाप तुरुन्तै नियन्त्रण पाउन सकिन्छ ।

यसका साथै खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धूमपानको त्याग, नियमित शारीरिक व्यायाम, ताजा फलफूल तथा सागपातको बढी प्रयोग इत्यादि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।