२०८२ फाल्गुन २७ , बुधवार

पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

death

सुनाखरी न्युज / काठमाडौं ।

हावाहुरीका कारण ढलेको रूखले च्यापिएर आज कैलालीमा पूर्वक्याम्पस प्रमुखको मृत्यु भएको छ । राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान करिब ९ बजेको समयमा आएको हावाहुरीका कारण घर नजिकै रहेको सालको ढलेको रूखले चोट लाग्दा भण्डारी गम्भीर घाइते हुनुभएको थियो । टाउकोमा गहिरो चोट लागि गम्भीर हुनुभएका भण्डारीलाई उपचारका लागि घोडाघोडी अस्पताल सुक्खड पु¥याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको थियो । भण्डारीको उपचारका क्रममा १२ः४० बजे मृत्यु भएको अवस्थीले जानकारी दिनुभयो ।

रासस