
सुनाखरी न्युज / काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) ले नेपालको पहिलो हरित ऋणपत्र निष्काशन गर्न सम्पूर्ण नियामक निकायहरुको अनुमति प्राप्त गरेको छ । यस प्रकृयामा निफ्रालाई ग्लोबल ग्रीन ग्रोथ इन्ष्टिच्युट (GGGI) र कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (KOICA) को सहयोग प्राप्त भएको छ । नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति जारी भए पश्चात उपरोक्त हरित ऋणपत्र अन्य केहि प्राविधिक प्रकृयाहरु पुरा गरेर सार्वजनिक निष्काशन हुने अवस्थामा पुगेको हो । उक्त ऋणपत्र “निफ्रा हरित उर्जा ऋणपत्र ६५ – २०८८÷८९” को निष्काशन रु ५ अर्वको हुने छ । यसले ७ वर्षको अवधि भर वार्षिक ६५ को दरले व्याज प्रदान गर्नेछ । यो ऋणपत्र निष्काशन गर्ने क्रममा निफ्राले GGGI को सहयोगमा ग्रीन बण्ड फ्रेमवर्क तयार गरेको छ । यस फ्रेमवर्कले संकलित रकम लगानी हुन योग्य परियोजनाहरुको निश्चित शर्त, कार्यविधि तथा मापदण्डहरु उल्लेख गर्दै लगानी गरिएका रकम तथा परियोजनाहरुको प्रतिवेदन पेश गर्ने कार्यविधिहरु समेत उल्लेख गर्दछ । यो फ्रेमवर्क ICMA Green Bond Principles 2021 (GBP), The EU Taxonomy र Nepal Green Finance Taxonomy 2024 अनुरुप तयार भएको हो ।
यस फ्रेमवर्कलाई Sustainable Fitch Inc ले Second Party Opinion (SPO) दिदैं उत्कृष्ट रेटिङ्ग ( Excellent Rating)प्रदान गरेको छ ।
नेपालको यस पहिलो हरित ऋणपत्रको निष्काशनले मुलुकमा हरित लगानी बजारको विकास गर्न एउटा महत्वपूर्ण कोषेढुङ्गा स्थापित हुनेछ । यस ऋणपत्रको निष्काशनबाट संकलित रकम वातावरणीय सन्तुलन कायम गर्न सहयोग पु¥याउने नवीकरणीय उर्जा उत्पादन गर्ने परियोजनाहरुमा लगानी हुनेछ । यसरी दिगो पूर्वाधार परियोजनाहरुमा वित्तीय लगानी सहजीकरण हुनुले नेपालको समग्र हरित पूर्वाधारको विकासमा ठूलो सहयोग हुने अपेक्षा गरिएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत, कृष्ण बहादुर अधिकारीले भन्नु भयो – “ निफ्रा हरित उर्जा ऋणपत्र ६५ – २०८८/८९ को निष्काशन केवल नेपालको हरित लगानी यात्राको प्रारम्भ मात्र नभई एउटा नविनतम वित्त उपकरणको थालनी समेत हो । यसले अरु कैयन् संस्थाहरुलाई दिगो तथा हरित पूर्वाधारहरुमा ठूलो परिमाणमा वित्तीय सहजिकरण गर्न मार्गदर्शन दिनेछ । यो निष्काशनमा GGGI र KOICA को सहकार्यको महत्वपूर्ण भूमिका रहेको छ र यो आफैमा अर्को एउटा कोषेढुङ्गा हो ।
निष्काशन स्वीकृतीका लागि नियामक निकायहरु नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डबाट भएको मार्गदर्शन र शीघ्र निर्णय प्रति आभारी छौं । ” GGGIका लागि नेपाल र पाकिस्तानका Country Representative Laura Jalasjoki ले यो उपलब्धी नेपालको बलियो हरित वित्त Ecosystemविकास गर्ने प्रयत्नमा एउटा महत्वपूर्ण पाईला हो र GGGI ले कसरी स्वदेशी तथा अन्तराष्ट्रिय विज्ञहरुको सहकार्य सहित आफ्ना सदस्य राष्ट्रहरुको हरित Transition मा एउटा अहंम भूमिका निर्वाह गर्न सक्छ भन्ने एक उदाहरण निफ्राको ग्रीन बण्ड फ्रेमवर्क हो भन्नु भयो । साथै नेपालमा हरित लगानी बजारले निकट भविष्यमा उल्लेखित वृद्धि देख्नेछ भन्ने पूर्ण विश्वास लिएको समेत उहाँले बताउनु भयो ।
यो निष्काशन गर्ने क्रममा प्राविधिक सहयोगका लागि GGGI, KOICA र निफ्राको बिच १५ एप्रिल २०२५ (बैशाख २, २०८२) मा समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको थियो । यस प्रकृयामा Pioneer Law Associates को समेत सहयोग रहेको छ ।