
सुनाखरी न्युज/ काठमाडौं ।
गर्मी याममा खरबुजाको खपत निकै बढ्छ । तर हामी खरबुजाको बियाँ भने प्रायः फ्याँकिदिन्छौ । तर यसको बियाँमा शरीरलाई आवश्यक अनेक भिटामिन, खनिज, स्वस्थ बोसो र प्रोटिन पाइन्छ भन्ने कुरा के तपाईंलाई थाहा छ रु खरबुजाको बियाँलाई सुकाएर वा भुटेर स्न्याक्सको रूपमा त्यत्तिकै कुटुकुटु खान सकिन्छ । तर ती बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्। यसमा जिङ्क, म्याग्नेसियम, पोटासियम, आदि जस्ता सूक्ष्म पोषक तत्त्वहरू प्रशस्त हुन्छन्। खरबुजाको बीउले रोग प्रतिरोधात्मक क्षमता र मुटुको स्वास्थ्यलाई राम्रो गर्छ र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न समेत मद्दत गर्दछ। त्यही खरबुजाको बियाँको फाइदाबारे चर्चा गरौँ। आउनुहोस्, यी खरबुजाको बीउहरू कसरी प्रयोग गर्ने र कुन कुन रोगहरूमा तिनीहरू प्रभावकारी साबित हुन सक्छन्, जानौँ ।
१. छालालाई सफा गर्छ
खरबुजाको बियाँले छालालाई सफा गर्न मद्दत गर्दछ। किनकि यो बियाँ भिटामिन सी, एन्टिअक्सिडेन्ट, इत्यादिले भरिपूर्ण हुन्छ। यसको तेल विभिन्न सौन्दर्य उत्पादनहरूमा समेत प्रयोग गरिन्छ। खरबुजाको बियाँमा म्याग्नेसियम हुन्छ जसले छालाको समग्र रूप सुधार्न मद्दत गर्छ। यो छाला सुख्खा भएको र चिलाएको अवस्थामा समेत प्रयोग गरिन्छ।
२.पेट र पाचन सफा गर्न
खरबुजाको बियाँमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । यदि कब्जियतको समस्या छ भने यी दानाको सेवनले पेट सफा राख्न फाइदाजनक हुन्छ । खरबुजाको सुकेको बियाँलाई पिसेर त्यसको धूलो बनाएर बिहान खाली पेटमा मनतातो पानीसँग खानुहोस् । यसबाट धेरै फाइदा हुन सक्छ ।
३. मुटुलाई फाइदा गर्छ
खरबुजाको बीउले मुटुको स्वास्थ्यलाई धेरै तरिकामा फाइदा गर्न सक्छ। यो बीउ मोनोअनस्याचुरेटेड र पोलीअनस्याचुरेटेड फ्याटी एसिडको राम्रो स्रोत हो। अध्ययनहरूका यसले हृदयाघात, स्ट्रोकबाट बचाउन सहायो गर्छन्। यस बीउमा म्याग्नेसियमको उच्च मात्रा हुन्छ जसले मुटुलाई स्वस्थ राख्छ र रक्तचापलाई नियन्त्रण गर्छ।
४.डिहाइड्रेसन रोक्छ
यी बियाँहरूमा म्याग्नेसियम, पोटासियमको साथमा थोरै मात्रामा सोडियम पनि हुन्छ । यी खनिजहरूले शरीरको तरल पदार्थ सन्तुलन कायम राख्न र डिहाइड्रेसन रोक्न मद्दत गर्छन् । खरबुजाको बीउमा पाइने खनिजहरूले स्नायु र मांसपेशीको कार्यलाई टेवा दिन्छ, जसले गर्दा तरल पदार्थको कमीले हुने चक्कर लाग्ने, कमजोरी महसुस हुने र तरलको कमीका कारण पेट बाउँडिने जस्ता जोखिम कम हुन्छ ।
५. रगतमा सुगरको मात्रा कम गर्छ
यदि तपाईँको रगतमा सुगरको स्तरको बढी छ भने यो बियाँ फाइदाजनक हुन सक्छ। म्याग्नेसियमले कार्बोहाइड्रेटको मेटाबलिज्मलाई नियमित गर्न मद्दत गर्दछ जसले रगतमा चिनीको स्तरलाई कम गर्छ। यी बीउहरूले टाइप २ मधुमेहको उपचारमा समेत मद्दत गर्दछ।
६. प्रतिरक्षा प्रणाली बढाउन मदत गर्छ
खरबुजाको बीउमा आइरन र मिनरल्स पाइन्छ जसले प्रतिरक्षा क्षमतालाई बढाउँछ। यी बीउहरूमा भिटामिन बी कम्प्लेक्स पनि पाइन्छ जसले शरीरलाई फाइदा गर्छ।
७.हड्डीसम्बन्धी समस्या कम गर्न
खरबुजाको बियाँ नियमित रूपमा खाँदा हड्डीको विकारबाट बच्न सकिन्छ किनभने यसमा म्याग्नेसियम, कपर, पोटासियम प्रचुर मात्रामा पाइन्छ। यदि तपाई कमजोर हड्डी र ओस्टियोपोरोसिस जस्ता समस्याहरू सँग लडी रहनु भएको छ भने यो फाइदा जनक हुन सक्छ।