२०८२ फाल्गुन २७ , बुधवार

टेरामक्स भ्रष्टाचारमा सवा ३ अर्बको बिगो, पूर्वमन्त्री बस्नेत र पूर्वसचिव ज्ञवालीसहित १८ विरुद्ध मुद्दा, केहीलाई उन्मुक्ती

1550828017Akhtiyar-CIAA-Nepal1700798197-1733791781

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्सका उपकरण खरिदका क्रममा अनियमितता गरेको अभियोगमा पूर्वमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकरण खरिद कार्यमा संलग्नविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैयाँ बिगो कायम गरेर कैद सजाय मागदाबीसहित बिहीबार विशेष अदालतमा मुद्दा चलाएको हो । केहीलाई उन्मुक्ती भएको छ ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार तत्कालीन सञ्चारमन्त्री एवं सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालविरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियारले प्राधिकरणका तत्कालीन निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दीपेश आचार्य तथा उपनिर्देशक रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सन्दीप अधिकारीविरुद्ध पनि आरोपपत्र दायर गरेको छ ।