२०८२ फाल्गुन २३ , शनिवार

जेठ ९ देखि आईपीओ निष्कासन गर्दै सान्भी इनर्जी

OIP (1)

सुनाखरी न्युज  / काठमाडौं ।

सान्भी इनर्जीले जेठ ९ गतेदेखि आइपीओ जारी गर्ने भएको छ। दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको आइपीओ बाँडफाँट गरिसकेको छ।

यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेर बाँडफाँड समेत गरिसकेको छ।

अब कम्पनीले बाँकी रहेको २६ लाख १९ हजार कित्तामध्ये १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र ५८ हजार २०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको २४ लाख १५ हजार ३०० कित्ता सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।यसमा लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ १३ गते रहेको छ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।