
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुङ्गलस्थित कपडा गोदाममा आगलागी भएको छ । आर. आर. कम्प्लेक्सको भुइँतलामा रहेको गोदाममा आज बिहान ५ः२० बजेतिर आगो लागेको हो ।
क्षतिको विवरण भने आउन बाँकी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो ७ः३० बजे नियन्त्रणमा दिइएको छ ।
आगो नियन्त्रणमा चन्द्रागिरि नगरपालिका, बालाजु औद्योगिक क्षेत्र, ललितपुर महानगर, नेपाली सेना र काठमाडौँ महानगर पालिकाको २ वटासहित ६ वटा दमकल प्रयोग गरिएको थियो ।