२०८२ फाल्गुन २४ , आइतवार

२५६९ औं वुद्व जयन्तीका पावन अवसरमा यस राजदूतावासबाट टोकियोमा विशेष कार्यक्रमको आयोजना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

२५६९ औं वुद्व जयन्तीका पावन अवसरमा यस राजदूतावासबाट मिति २०८२।१।२८ गते टोकियोमा विशेष कार्यक्रमको आयोजना गरियो । ५०० जना भन्दा बढी जापानी र नेपाली नागरिकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न साँस्कृतिक र साहित्यिक तथा वुद्व धर्म र लुम्बिनी सम्बन्धी प्रवचन कार्यक्रम प्रस्तुत् गरिएको थियो । समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै जापानका लागि नेपाली राजदूत महामहिम डा। दुर्गा बहादुर सुवेदीले नेपाल र जापानबीच धार्मिक,साँस्कृतिक र शैक्षिक सम्बन्ध शदियौं पुरानो रहेको र यो सम्बन्ध जनस्तरसम्म पनि विस्तारित रहेको बताउनु भयो । नेपालको आर्थिक र सामाजिक विकासमा जापान सरकार र जापानी जनताको निरन्तर सहकार्य र सहयोग रहेको चर्चा गर्नुहुँदै राजदूत डा। सुवेदीले वौद्व धर्म नेपाल र जापान सम्बन्धको प्रमुख सेतु रहेको उल्लेख गर्नुभयो । समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहँदै जापानको निहोन वेलवेस विश्वविद्यालयका अध्यक्ष  मिचिओ शिवाओकाले विश्व मानव समुदायलाई शान्ति, करुणा, अहिंसा, शान्तिपूर्ण सह(अस्तित्व र मानवताको सन्देश दिनुहुने भगवान गौतम वुद्व जन्म लिनुभएको देश नेपाल जापानीहरुका लागि पनि पवित्र भूमि र तीर्थस्थलका रुपमा सम्मानित रहेको बताउनुभयो ।

कार्यक्रममा “नेपालको बहुआयामिक संस्कृति र वौद्व धर्म” विषयमा प्रवचन दिनुहुँदै साइतामा विश्वविद्यालयका प्राध्यापक तथा नेपालविज्ञ डा। युकी इतोले नेपाल बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक र बहुभाषिक राष्ट्र रहेको र विविधताबीचको एकता नेपालीहरुको विशेषता रहेको चर्चा गर्नुभयो । क्योटोको सुचिन विश्वविद्यालयका प्राध्यापक डा। सुदन शाक्यले “लुम्बिनीः वौद्व धर्मको मूल स्रोत” विषयक प्रवचन दिनुहुँदै नेपालको लुम्बिनी वौद्व धर्मको मूल स्रोत हुनाको साथै साँस्कृतिक, धार्मिक र आध्यात्मिक आस्थाको अन्तर्राष्ट्रिय केन्द्रका रुपमा पनि स्थापित भएको विचार व्यक्त गर्नुभयो । उक्त विशेष समारोहमा जापानी कलाकारहरु सर्वश्री युको ओकामोतो, यामा, रेना मासुयामा, चिजुको निशिओका, योको इशिकावा, हारुहितो नोजु र तायु इशियामा हिरोमात्सुका साथै नेपाली कलाकारहरु सर्वश्री श्याम शीतल र सिर्जना थापाले प्रस्तुति दिनुभएको थियो । जापानको राजधानी टोकियोमा नेपालीहरुद्वारा सञ्चालित एभरेष्ट इन्टरन्यासनल स्कूल, हिमालयन इन्टरन्याशनल एकेडेमी र एसियन ब्रिज इन्टरन्यासनल स्कूलका विद्यार्थीहरुले साँस्कृतिक नृत्य प्रस्तुत् गरेका थिए । समारोहमा महामहिम राजदूत डा। सुवेदीले अतिथि र कलाकारहरुलाई मायाको चिनोसहित सम्मान गर्नुभएको थियो ।