२०८२ फाल्गुन २३ , शनिवार

कोरियामा भाषा अध्ययन र स्नातकका लागि जाने विद्यार्थीलाई सरकारले एनओसी नदिने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

दक्षिण कोरियामा भाषा तथा स्नातक अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) सरकारले स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गर्दै एनओसी स्थगित गरेको हो । सरकारले विद्यार्थीहरू (विशेष गरी अन्डर ग्य्राजुएट कोर्स अध्ययन गर्न) सुरुदेखि नै रोजगारीमा बढी प्राथमिकता दिएकाले अध्ययनमा निरन्तरता नहुने, स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउन प्राथमिकता दिँदा अध्ययनको निरन्तरतामा समस्या आउने, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयहरूमा समेत विद्यार्थी पठाउने गरेको जस्ता कारण देखाएको छ ।मन्त्रालयले विद्यार्थीलाई कन्सल्टेन्सीहरूले कोरिया जानेबित्तिकै अवैधानिक रूपमा भए पनि काम गर्न पाइने भनेर आश्वासन दिने तर उता गएपछि सोचेजस्तो नहुँदा विद्यार्थीहरू मानसिक तनाव र समस्यामा पर्ने गरेको गुनासोसमेत आएको जनाएको छ ।